लघु कथा
रहस्य
सरण राई
रहस्य
सरण राई
बेलुकीको खाना पकाउने बेला भईसक्यो | दिउसो घाम नलागेकोले 'सोलार'को
बत्ति पनि सधैको जस्तो चहकिलो बलि रहेको छैन | मलाई पनि बिसन्चो भएकोले
जाँगर लागिरहेको छैन | दाउरा कसले ल्याई देला ? सोचिरहेको हुन्छु |
नभन्दै धनबहादुर एक अँगालो दाउरा लिएर आउँछ | अगेना छेउ दाउरा राखेर अन्खोराको पानि पिउछ | आज ऊ निराश जस्तो देखिन्छ | केहि बोलेको पनि छैन | आँखा पनि झुकाएकोझुकाएकै छ |
मान्छेको मन सधै कहाँ एकै प्रकारको हुन्छ र ? कुनै समस्या परेको होला | म सम्झन्छु | त्यति नै बेला फूलमायाको फोन आउछ |
"माईली भाउजु , दाई कता हुनुहुन्छ ? अस्पताल पठाई दिनु होला तुरुन्तै .."
"किन र ? "
" अब मेरो पति धनबहादुर छैनन् | ३ बजेतिर एक्सिडेन्ट भएर उनको देहान्त भयो |लास अस्पतालमा राखेको छ |" फूलमाया रोएको फोनमा नै सुन्छु |
फुलमाया के भनिरहेकी छिन् ? धनबहादुर यहाँ आएको छ | म सबैतिर हेर्छु | कोहि छैन | अगेना छेउ दाउरा छ, धनबहादुरले पानी खाएको अन्खोरा पनि छ | तर धनबहादुर छैन | कस्तो अचम्भ ?
२०७२ असोज २९ , धरान
http://kathaasansaar.blogspot.com/

No comments:
Post a Comment