सरण राई
ध्वासे बादल रंगिन्छ जब घाम डुब्न लाग्छ |पश्चिमपट्टिको आकाश सधवाको सिउदो झैँ सिन्दुरे रंगले पोतिन्छ |घाम गोलो सिन्दुरको डल्ला झैँ भएर डुब्न लाग्छ रातको आगमनको पुर्ब संकेत दिदै |ऊ अस्ताउदै गरेको सूर्यलाई हेर्न चाहदैन तर फेरी हेर्छ जसले एक प्रकारको विरक्तिको भाव उसको अन्तष्करणमा उब्जाई दिन्छ |
अनेक प्रकारका बिचार, कल्पना र भावनाहरुले उसको अन्तष्करणको शान्ति खलबलिन्छ |द्वन्द्व मानसिक तिब्र द्वन्द्वभित्र पीडाको अनुभव उसलाई हुन थाल्छ |उसले लेखाजोखा गर्न थाल्छ दिनभरी उसले के के गरेको छ |
उपलब्धि केहि भएन , प्रयत्न र निस्क्रियतामा केहि फरक नभएको देख्दा _ उसलाई लाग्छ ऊ फेरि ठगिएको छ , उसले पाउनुपर्ने उपलब्धि पाएको छैन | उसले भोग्न सक्नुपर्ने सफलताको सुखबाट ऊ बन्चित भैरहेछ |असफलता _ निरन्तर असफलताले आशा र विश्वासको सहारामा अगाडी बढ्ने मानिसको जीवनमा निराशा,कुण्ठा र आत्मग्लानी को सृष्टि पनि गर्न सक्छ ...
आफ्नै नाम ; सुचना पाटीमा टासिएको सफल उम्मेदवारहरुको नामावलीको सूची मा सबै आफ्नै नाम
हेरिरहेका थिए | भीडमा ठेलमठेल गर्दै ऊ सुचना पाटि छेउ पुग्न सफल हुन्छ तर आफ्नो नाम ऊ फेरी सफल उम्मेदवारहरुको नामावलीमा पाउदैन | आशाको कल्पनामा बनिएको सपना फेरी एकपल्ट भत्केको महसुस गर्दै ऊ सपनाको रानीलाई भेट्न, उकुसमुकुस भएका भाव अभिव्यक्तिहरु पोख्न रानीको घरतिर लागेको हुन्छ |
'रानी , मेरा कुराहरुलाई स्विकार गर |'
'आधारहरुको अभावमा ?'
'तर स्विकार नगरे पनि अस्विकार नगरी हाल ; म आधारहरुको संकलन छिट्टै गर्नेछु | मलाई केहि
दिनहरु मात्र पर्खिदेउ |'
जीवन निर्वाहको निम्ति पेसाको छनोट गर्दा गर्दै केहि दिन बित्यो | सपनाको रानी ऊबाट टाढा भइन् _ सम्पूर्ण संसार उजाड भएको जस्तो उसलाई लागेको थियो | ऊ एकपल्ट लोत्यो तर फेरी उठ्यो | ऊ जीवनको बाजी जित्न चाहन्थ्यो _ उसले सपनाको रानीलाई करैले बिर्स्यो |पेसाको छनोट गरिसकेपछि सपनाको होइन यथार्थको कटु पीडा , कष्ट झेल्दै दाम्पत्य जीवन सपनाको रानी बिना नै उसले आरम्भ गर्यो _जुन उसले गर्ने पर्थ्यो |
विगतका सम्झनाहरु पुराना घाउको टाटा झैं मात्र हुन्छ |अब सपनाले उसलाई पहिला झैं प्रभाव पार्दैन अनि पीडा दिदैंन | बरु एक प्रकारको मिठास दिन्छ तर प्यास होइन |
जुन भौतिक साधनहरुको अभावमा ऊ असफल भएको थियो, ती साधनहरु, आधारहरु ऊसित आज छ | आज ऊ उपलब्धिहरुको लेखाजोखा गर्दै छ _ ठोस उप्लब्धिहरुको लेखाजोखामा ऊ फेरी असन्तुष्ट भएको छ |ऊ आफू फेरि एकपल्ट ठगीए झैं लाग्छ आफुलाई असफल पाएर ,उपलब्धिहरुको सिडिमा चढ्दै सफलताको स्वर्गमा पुग्ने आकाङ्क्षा भत्केको देख्दा कालो भयङ्कर निराशाको खाडलमा डुब्दै गरेको ऊ अनुभव गर्न पुग्छ |सधै असफलता _ बिना उपजब्धि निरर्थक दिनहरु | डुब्न लागेको सूर्यलाई ऊ फेरि हेर्छ _ अनायास उसका आँखाहरुबाट आँसु बग्छ |
ऊ हेरिरहन्छ मानौ त्यो डुब्दै गरेको सुर्य सुर्य नभएर उसले कैयौ दिनहरुको श्रमबाट संचय गरेको अनमोल जीवन हो_ यौवन हो |
निष्क्रियता मृत्यु हो | निरुद्देश्यता रोग हो भने प्रयत्न जीवनको निम्ति बचाइरहने हावा , पानी र भोजन हो |उसको प्रयत्नमा कुनै दोषहरु होला , त्यसैले ऊ उपलब्धि हाशिल गर्न असफल भै रहेको छ | उपलब्धि-जीवन उसको मष्तिस्कमा तर्क वितर्कको भुमरी उठछ | अवस्य नै उसको आस्था , आराधना त्रुटिपूर्ण छ नभए हावामा हल्लाएको हातले पनि पंखाको काम गरेको हुन्छ |एकाग्र नभएर पनि एकाग्र भएर सोच्ने बानी उसलाई लागेको हुन्छ |उसको सोच्ने क्रम जारि भैरहन्छ |
भोलिदेखि ऊ एकाग्रसित सक्रिय भएर ठोस उपलब्धि हाशिल गर्ने सशक्त प्रयत्न श्रम गर्नेछ | जीवन उपलब्धिद्वारा नापिन्छ , सत प्रतिसत सफलता कसैलाई प्राप्त हुँदैन | आजसम्मको उसको असफल जीवन भोलि झुल्कने घामसित सफल उपलब्धिमा परिणत गर्ने अठोट ऊ मनमनै गर्छ अनि ऊ डुबीसक्न आँटेको आजको घामलाई अन्तिम पटक हेर्छ |
हिजो पनि उसले यस्तै अठोट गरेको थियो भन्ने कुरा ऊ बिर्सिन्छ अनि भोलि घामसितै झुल्कने सफल जीवनको आशा र कल्पनामा ऊ मुसुक्क मुस्कुराउँछ ..... |
साभार

केहि कथा केहि कविताहरु -(२०३८ साल)
No comments:
Post a Comment